इङ्लिस प्रिमियर क्लब चेल्सीले प्रशिक्षक लाम्पार्डलाई बर्खाष्त

लण्डन । इङ्लिस क्लब चेल्सीले म्यानेजरबाट फ्रयान्क लाम्पार्डलाई बर्खास्त गरेको घोषणा गरेको छ । चेल्सीले एक वक्तव्य जारी गर्दै लाम्पार्डलाई हटाइएको जनाएको छ । प्रशिक्षक नियुक्त भएको १८ महिनामै चेल्सीले व्यवस्थापकलाई बर्खास्त गर्ने निर्णय गरेको हो । एफए कपमा लुटन टाउनलाई ३–१ गोलले बिजय गराए त पनि चौबिस घन्टा नबित्दै चेल्सीले यस्तो निर्णय लिएको हो । अब लाम्पार्डको स्थानमा पेरिस सेन्ट जर्मनका प्रशिक्षक थोमस टचेलले व्यवस्थापन सम्हाल्नेछन् ।

गत साता लिसेस्टर सिटीसँग पराजित भएपछि चेल्सी प्रिमियर लिगको नवौं स्थानका छ । ४२ वर्षका चेल्सीको पूर्व मिडफिल्डर क्लबको लागि लेजेण्ड मान्छन ।