नेपाली युवती बैअबु राईलाई फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको जागिर

मानव जीवनमा अभिन्न अंग बनिसकेको फेसबुकको प्रधान कार्यालयमा नेपाली चेली बैअबु राई वरिष्ठ सफ्टवेयर इन्जिनियर बनेकी छिन् ।उनी चर्चित सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् । उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा यसै साता काम शुरू गरेकी छन् ।

आमा शान्ता राई र बाबु म्याम्बर राईको कोखबाट जन्मिएकी बैअबुले उदयपुरको गाईघाटस्थित लालीगुराँस आवासीय विद्यालयबाट पढाई शुरु गरेकी हुन् । पढाईमा लगनशील उनले पूर्ण छात्रवृत्तिमा काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका परीक्षा उत्तितिर्ण गरिन् ।

बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमै पढ्ने मौका पाइन् । उनले अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिबाटै कम्युटर साइन्समा सन् २०१३ मा ग्राजुएटेड भएकी हुन् । उनको बुवा पूर्व नेपाली सैनिक हुन् भने आमा अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत छिन् ।

फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर दिने गर्छ । सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।