शान्ता चौधरीले फिटनेस तथा ब्युटी पार्लर ब्यवसाय
काठमाडौं । विघटित प्रतिनिधिसभाकी सांसद तथा नेकपाको नेतृ शान्ता चौधरीले व्यवसाय सुरु गरेको कुरा ट्विटर मार्फत जानकारी गराएकी छिन् ।
चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी हुन । उनले ट्विटरमा- राजनीति पेशा नभई सेवा भएको भन्दै कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको बताएकी छन ।
ट्विटरमा उनले लेखेकी छन्, ‘राजनीति पेशा होईन सेवा हो। हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु। त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु ।’