पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी बेलायतको लागि राजदूत पक्का, आज नियुक्त गरियो

काठमाडौं । नेपाल सरकारद्वारा सिफारिस गरेको बेलायतको लागि नेपाली राजदुत पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई आज पक्का वा नियुक्ती गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहालाई आज बेलायतको लागि राजदूत नियुक्त गरेको हो । यसअघि रेग्मीलाई प्रधानमन्त्री ओलीको क्याबिनेटले बेलायतका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा रेग्मीलाई नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो । उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भने यसअघि नै राजदूत नियुक्त भइसकेका छन् ।