नेपालको सबैभन्दा लामो झुलुङगे पुल उदघाटन

बाग्लुङ । बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटर लामो नेपालकै लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शनिबार उद्घाटन गरेको छ । देशका अधिकतर ठूला आयोजनाहरु ठेकेदारका लाहपरबाहीका कारण अलपत्रमा पर्ने र समयमा नसकिने समस्य भएको अवस्थामा उक्त पुल भने समय आगवै निर्माण सम्पन्न गरेको हो । प्रतिबद्धता गरेको समयभन्दा अगावै पुल निर्माण पूरा गरेकोले निर्माण कम्पनीलाई प्रत्सोसोहन स्वरुप नगद ५० हजार रूपैयाँ सम्मान वा पुरस्क्रित गरेका थिए ।

स्विट्जरल्यान्डमा बनेको ४९४ मिटर भन्दा यो पुल ७३ मिटर लामो छ र सम्भबत यो संसारकै सबैभन्दा लामो झुलुङगे पुल हो । यस पुल बिशेषतालाई जोड्दै ब्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाहया पर्यटक भित्र्याउने र स्थानीय जनताको आर्थिक तथा सामाजिक बिकासमा यस पुलले टेवा पुर्याउनसक्ने सम्भावना रहेको छ । बाँगेचौर–अदुवाबारीको पुलको अवस्था हेरेर यसै आर्थिक वर्षभित्र बागलुङ नगरपालिका–४ ओढारचौरबाट पर्वतको जलजला गाउँपालिकाको नाग्लीबाङ जोड्नेगरी अर्को झोलुंगे पुल निर्माण गर्ने कुरा उदघाटन समरोहमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

यो पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको छ । यो सिंगल स्पानमा बनेको नेपालकै लामो हो । विश्वकै लामो दाबी गर्दै गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउनका लागि बागलुङ नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेर प्रक्रियासमेत अघि बढाएको छ । यो पुलको लाइफलाइन ५० वर्षको हुनेछ। पुल निर्माणका लागि आवश्यक लट्ठा र बुलडोजर विभागले उपलब्ध गराएको थियो । लट्ठाबाहेक १० करोड ५६ लाख रूपैयाँ लागतअनुमान गरिएकोमा निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर जेभीले ७ करोड ९७ लाख ८६ हजार रूपैयाँमा ठेक्का सम्झौता गरी पुल निर्माण गरेका हुन् ।

बागलुङ बजारबाट पाङ पुग्न पैदल डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि १५ मिनेटमा छोटिएको छ। कालीगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोरमाथि पुल बनेकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । पर्यटकको आकर्षण बढाउन पुलमा लाइट जडान गरिएको छ । रातमा झिलीमिली बल्ने बत्तीले पाहुना लोभ्याउने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विश्वास छ ।