कास्कीको पर्यटकिय गाउ ताङतिङको लागि ऐतिहासिक दिन
साबिकको नामर्जुङ गाबिस हाल मादी गाउ पालिका वडा नम्बर २ ताङतिङ गाउको लागि आज मिती २०७७ साल माघ ३ गते शनिबारको दिन एउटा ऐतिहासिक दिन साबित भएको छ । हुन त आफ्नो गाउठाउको चर्चा परिचर्चा होस् भन्ने त प्राय हामीलाई लाग्छौ नै तर कहिलेकाही यस्तो समयोग जुर्दो रहेछ कि- कुनै ठाउँ र ब्यक्तीको लागि कुनै मिती स्मरणीय र ऐतिहासिक बन्दो रहेछ । त्यस्तै सायत जुरेको छ कास्कीको पर्यटकिय गाउ ताङतिङलाई । ताङतिङ धेरै कुराले बिशेष छ भन्दा अतियुक्ती नहोला, आज मिती- २०७७ साल माघ महिनाको ३ गते ताङतिङको दुई स्रष्टाहरुले अआफ्नो क्षेत्रमा ईतिहास बनाउन सफल भएका छन ।
ताङतिङको सपुत- स्थानीय श्री हिमालय मिलन माबिको प्रधानध्यापक ओम प्रकाश गुरुङले (प्रकाशले) आफ्नो समकक्षी मित्रहरुको प्रभाबमा नपरी वा लहलहै नलागी, अभिभाबको चाहना बिरुध्द र कथाकथित गुरुङ समाजमा रहेको लाहुरे प्रचलनलाई नपछ्याइ आफ्नै गाउठाउको बिकासमा (बिशेष गरेर शिक्षा र पछीलो समय पर्यटनको बिकासमा) लागि परेका गुरुङले आफ्नो जीवन र गाउले पारीबेशसँग सम्बन्धित रहेर बिभिन्न अनुभबहरुको सँगालो “ताङतिङ मेरो गाउ” नामक सस्मरणात्मक र प्रेरणादायी पुस्तकको आज बिमोचन गरेको छ । प्रकृति, संस्कृति, जीवनशैली, विकास र जनजीवनका विषयमा लेखिएको उक्त पुस्तकमा ३० वटा निबन्धहरु समाबेश छन् । पर्यटकीय नगरी पोखरा नजिकैको ग्रामीण पर्यटन केन्द्र ताङतिङलाई चिनाउने उध्देस्यले आफ्नै अनुभबहरुलाई प्रेरणाको रुपमा पस्केका गुरुङको पुस्तक नेपालको ग्रामीण क्षेत्रहरुमा उहा जस्तै कर्मठ शिक्षकहरु र युवाहरुको लागि प्रेरणा स्रोत बन्न सक्छ । साथै पुस्तक ताङतिङको बिगत ईतिहासहरु बुझ्न र आगामी पर्यटन बिकासमा बलियो स्रोत सामाग्री बन्न्ने पक्का छ ।
अर्को- यसै गाउको सुपुत्री (चेली) एलिना गुरुङ हाल नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको “वाइवाइ नेपाल स्टार” प्रतक्ष्य गायन प्रतियोगिताको प्रथम सस्करणमा झन्डै ३२ हाजर प्रतिस्पर्धीबाट चोंथो स्थानमा पुग्न सफल भएकी छिन । गायनमा चासो भए ता पनि यस सम्बन्धमा त्यती जानकार नभएको एलिनाले केही बर्ष अघि आफुमा गाउने क्षमता रहेको कुरा थाहा भएपछी रुचीपुर्बक यसै क्षेत्रमा लागि परे र मिहिनेत पनि गर्दै गए । संगीतमा रुची बढेसँगै उनले संगीत सम्बन्धी तालिम पनि लिइन र स्थानिया रेस्टुरन्टहरुमा गाउन थाले । साथीहरुसँग मिलेर “मेलोडियोस” ब्याण्ड पनि खोले । केही बर्ष यता उनी बिभिन्न उत्सब तथा समारोहहरुमा गाउदै आइरहेकी थिइन । यसै क्रममा वाइवाइद्वारा प्रायोजित नेपाल टेलिभिजनमा प्रसारण हुने “वाइवाइ नेपाल स्टार” गायन रियालिटी सोको लागि चितवनबाट अडिसन दिइन, अडिसनमै निर्णयकहरुबाट गोल्डेन माइक प्राप्त गरेकी एलिनाले मिहिनेत गर्दै हरेक चरणमा आफुले सकेको उत्कृष्ट प्रस्तुती दिदै गइन । आफ्नै मिहिनेत अनि आफन्तजनहरु, इस्टमित्रहरु, साथीभाइहरु, संघसंस्थाहरु तथा शुभचिन्तकहरुको साथ र सहयोगले आज उनी यस रियालिटी सो को फाइनल प्रतिस्पर्धी बन्न सफल भएकी छीन । प्रतियोगिताको बिजेता बन्नेमा उनले ठुलो आशा गरेकी छिन र देश बिदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरु, इस्टमित्रहरु, साथीभाइहरु, संघसंस्थाहरु तथा शुभचिन्तकहरुलाई पुन एक पटक सहयोग गरिदिनुहुन अनुरोध गरेकी छिन । यस गायन प्रतियोगिताको फाइनल आगमी माघ १७ गते हुने जानकारी आयोजकहरुले गराएको छ ।
दुबै स्रष्टाहरुलाई खबर यूके टिम हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।