गुरुङ फिल्म अब ठुलो हलमा प्रदर्शन गर्ने, जिफानले १५ फिल्महरुको लाइनअप गर्‍यो

पोखरा । कोभिड–१९ महामारीको कारण प्रदर्शन गर्न नसकेको गुरुङ चलचित्रहरु अब चाडै ठुलो हलहरुमा रिलिज गर्ने भएको छ । जिफानको आज बसेको मिटिङले रिलिज हुने क्रममा रहेका १५ वटा गुरुङ चलचित्रहरुलाई लाइनअप गराएको छ ।

विहिबार बसेको जिफान बैठकले सबै फिल्मलाई पोखराको मल्टिप्लेक्स मिडटाउन सिनेमाज्मा रिलिज गर्ने निर्णय गरेको हो । गुरुङ फिल्म एसोसियसनको अध्यक्ष भोजबहादुर गुरुङले अबदेखि गुरुङ फिल्म मेनस्ट्रिमजस्तै हलमा रिलिज हुने बताए । ‘अबदेखि गुरुङ फिल्म पार्टी प्यालेस, होटल र बैठक कोठामा देखाइने युगको अन्त्य भएको छ’ उनले भने, ‘अब हामीले सरकारको कानुन र कोभिड प्रोटोकल पालना गर्दै हलमा फिल्म रिलिज गर्छौं ।’ नेपाली भाषाको फिल्मपछी गुरुङ भाषाको फिल्महरु धेरै मात्रमा निर्माण बन्ने गर्छन् ।

सबै फिल्म एक–एक साताको फरकमा रिलिज हुने भएका छन् । रिलिज हुने फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आन्तरिक बजारको खोजी गर्ने उद्देश्यले जिफानले फिल्मलाई हलमै लगाउन लागेको हो । गुरुङ समुदायको घनावस्ती रहेको पोखरा नेपाली फिल्मको दोस्रो ठूलो बजार समेत हो । हलमा रिलिज गर्दा गैरगुरुङ दर्शकले पनि हेर्न पाउने विश्वास जिफानले लिएको छ । माघ २४ गतेदेखि गुरुङ फिल्म रिलिज हुनेछन् ।

रिलिज हुने फिल्ममा ङ्हेल्स्यो (सैंना), सबन मु ( सन्चै छौ), शिरसुब्बा (शिरसुब्बा), मिं न्होर्बे ट (आँखा भित्रको फुल), मैरिमो (सम्झिरहने छु), युम्पो देउराली (ढुंगे देउराली), स्युरु (काँचो धागो), कर्म क्याँ (भाग्यको बाटो), रिजे नाँसा (रिजेको गाउँ), सिमि नाँसा (स्वर्गको गाउँ), युके सुईटर (युके सुईटर), आम्लेबा माया (नबिर्सिने माया), प्रे-सोना (संगै बाचौं), अम्बो सलि (साली भेना), मुरबै मुसारा (आकाशको तारा), म्ले क्यु (बिर्साउने पानी), मारा क्यु (सुन पानी), मनको बाबरी (मनको बाबरी), डर्टी पोखरा (डर्टी पोखरा), ङोल्स्यो माया (सोल्टिनि माया), टुकि (टुकि), तमुस्यो (गुरुङ्सेनी), पेवा (पेवा), सम्बन्धको डोरी (सम्बन्धको डोरी), तिमी नभए (तिमी नभए), मुई (पैसा)छन् ।

दुई हप्ता अघि गुरुङ फिल्म एसोसियसन नेपालले कोभिड महमारीको कारण बन्द रहेको फिल्मी गतिबिधी- छायान्कन आदी स्वास्थ्य सुरक्षा बिधी अपनाउदै पुन सुचारु गर्ने निर्णय गरेको थियो ।