१८ औ आहा गोल्ड कपमा रु १८ लाख ९७ हजार ६५७ नाफा

कास्की । सहारा क्लब पोखराले हरेक बर्ष आयोजना गर्ने आहा गोल्ड कपको गत बर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा रु १८ लाख ९७ हजार ६५७ नाफा भएको छ ।

गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकामा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ हजार ७०९ खर्च भएर सो रकम बचत भएको क्लबले आज विज्ञप्तिमार्फत जनाएको हो । प्रतियोगिताबाट बचत रकम पोखरा महानगरपालिका–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित फुटबल एकेडेमीका बालकको आवास तथा शिक्षादिक्षामा खर्च गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

सहाराले एक दशक भन्दाअघिदेखि एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्दै आएको छ । प्रतियोगिताको प्रवेश टिकटबाट रु २८ लाख सात हजार ४७०, व्यानर तथा आर्थिक सहयोगबाट रु १६ लाख ६८ हजार ७७२, सिजनल टिकटबाट रु३६ हजार, बैंक व्याज आम्दानीबाट रु ४२ हजार १४५ आम्दानी भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सबाट रु १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट रु १० लाख, राष्ट्रिय खेलकूद परिषद्लगायतका संस्था लगायतबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।

प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्चबापत रु २५ लाख सात हजार १६८, प्रोत्साहन खर्च रु १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यव्स्थापनमा रु छ लाख ८२ हजार ७५० लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए । उनका अनुसार कोरोनाका कारणले गर्दा अझै पनि केही रकम सङ्कलन हुन बाँकी रहेकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको हो । गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकामा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ हजार ७०९ खर्च भएर सो रकम बचत भएको क्लबले आज विज्ञप्तिमार्फत जनाएको हो।

प्रतियोगिताबाट बचत रकम पोखरा महानगरपालिका–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित फुटबल एकेडेमीका बालकको आवास तथा शिक्षादिक्षामा खर्च गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । सहाराले एक दशक भन्दाअघिदेखि एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्दै आएको छ । प्रतियोगिताको प्रवेश टिकटबाट रु २८ लाख सात हजार ४७०, व्यानर तथा आर्थिक सहयोगबाट रु १६ लाख ६८ हजार ७७२, सिजनल टिकटबाट रु३६ हजार, बैंक व्याज आम्दानीबाट रु ४२ हजार १४५ आम्दानी भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सबाट रु १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट रु १० लाख, राष्ट्रिय खेलकूद परिषद्लगायतका संस्था लगायतबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ । प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्चबापत रु २५ लाख सात हजार १६८, प्रोत्साहन खर्च रु १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यव्स्थापनमा रु छ लाख ८२ हजार ७५० लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए । उनका अनुसार कोरोनाका कारणले गर्दा अझै पनि केही रकम सङ्कलन हुन बाँकी रहेकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको हो ।