पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको नेपाली टिम फाइनमा पुग्यो, जितेमा २३ करोड ४० लाख पाउने
काठमाडाैं । सामान्यत: प्रायको मानसिकतामा कम्प्युटरमा गेम मात्र खेल्ने, कती गेम खेलेको होला ? त्यसम्याथी पनि पबजी गेम, नेपालमा त प्रतिबन्ध नै लगाएको छ । तर यस गेममा लगवा एक टोली (नेपाली टिम) ‘एबरप्ट स्लेयर’ भने पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा प्रवेश गरेको छ ।
पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेल खेलमा ३ सय १२ अंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबैमा हुँदै छ ।