बेलायतको झन्डै आधा दर्जन जत्ती नेपाली संघ संस्थाहरुमा नयाँ नेतृत्व र कार्यसमिती
कोभिड महामारीको कारण भौतिक रुपमा बैठक बस्न नपाए पनि परिस्थिती अनुसार वा उपलब्ध उपायहरुको अवलम्बन गर्दै बेलायतका झन्डै आधा दर्जन जत्ती संघ संस्थाहरुले आफ्नो संस्थाको निती (बिधान) अनुसार नयाँ नेत्रित्व र कार्यसमिती परिवर्तन गरेका छन । यस हप्ता सबैभन्दा बढी चर्चा गुरुङहरुको (तमुहरुको) पुरानो र ठुलो संस्था तमु धी यूकेको प्रमुख इकाइ मध्ये एक तमु धी लण्डन इकाइको नयाँ कार्यसमितीको चर्चा चल्यो जहाँ अध्यक्षमा बिष्णु गुरुङ, उपाध्यक्षमा क्रमश भरत गुरुङ, ललितमन गुरुङ र बेन कुमार गुरुङ सर्बसहमतीमा चयन हुनुभएको थिए । यस इकाइको आमा समुह अध्यक्षमा कमला गुरुङ र उपाध्यक्षमा क्रमश देबकला गुरुङ र बिनु गुरुङ निर्बिरोध निर्बाचित हुनुभयो ।
त्यस्तै गरेर अर्को परोपकारी संस्था सृजनशील नेपाली समाज यूकेको अध्यक्षमा भक्त दर्जी पुन: चयन हुनुभएको छ । संस्थाको हालै सम्पन्न साधारणसभाबाट अध्यक्ष दर्जीलाई दुई वर्षको कार्यकाल थप गरी पुन: अध्यक्षको जिम्मेवारी दिएका हुन । संस्थाले कोरोना कहरको बिचमा पनि नेपालमा दुःखमा परेका र पीडितहरुलाई राहत सहयोग तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको कुरा जानकारी गराउनुभएको छ ।
त्यस्तै अर्को सामाजिक संस्था “नेपालीज ब्रिटिश कम्युनिटी” एनबीसीको समयोजकमा राजेन्द्र ओझा चयन भएका छन । नयाँ कार्यसमितीमा रबिन्द्र अधिकारी सचिब र खेमराज जोशी कोषाध्यक्षको जिम्मा पाएका छन । बेलायतमा च्यारिटीको रुपमा दर्ता भएको संस्था,एनबिसी युकेले स्थापनाकालदेखि नै सामाजिक काम गर्दै आएको छ ।
खेलकुद तथा शारीरिक सुगठनसँग सम्बन्धन अर्को संस्था युके नेपाल इन्टरनेसनल फेडरेसन बोडीबील्डीङ लीगको अध्यक्षमा पुन: सुक गुरुङ चयन हुनुभएको छ । भर्च्युली बसेको संस्थाको आठौं अधिबेशनद्वारा गुरुङलाई पुन: अध्यक्षमा चयन गरिएको हो । लीगको उपाध्यक्षमा क्रमश- लोक गुरुङ र अम कुमार गुरुङ, महासचिवमा बिश्वजीत थापा, सह सचिवमा खगेन्द्रराज गुरुङ्ग, कोषाध्यक्षमा गंगु गौचन, सह कोषाध्यक्षमा मीस सुमी गुरुङ्ग चुनिनु भएको छ । लीगको कल्चरल सेक्रेटरीमा दिपु गुरुङ्ग, सहायक कल्चरल सेक्रेटरी सन गुरुङ्ग छानिनु भएको छ । प्रेसीडैन्ट/ इन्टरनेसनल प्रमोटर आइएफबिबि प्रोफेसनल लीग नेपालका मीस्टर नेपाल सानु गुरुड्गको उपस्थितिमा पुर्व अध्यक्ष एवम वरिष्ठ सल्लाहाकार शुक्र राईको अध्यक्षतामा, पुर्व अध्यक्ष एवम सल्लाहाकार किशोर गुरुङ, सल्लाहाकार नारायण गुरुङ्ग र कोच एवम सल्लाहकार गंगा गुरुङसंगको परामर्शमा २०२१ – २०२३ को कार्यसमिति चयन गरिएको थियो ।
त्यस्तै अर्को सामाजिक संस्था कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित हुनु भएको छ । बेलायतमा बसोबास गरीराख्नु भएका करिब १०० जना कोल्मेलीहरुले जुम मार्फत नयाँ नेत्रित्व अनि कार्यसमिती चयन गरेका हुन । समाजको बरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, उपाध्यक्षमा सुर्य गुरुङ, महासचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा रामचन्द्र गुरुङ निर्वाचित हुनु भएका छन । ३ बर्ष पदावधि रहने समाजमा कार्यसमितिको १० सदस्यहरु निकट भबिस्यमा पुरा गरिने निर्वाचित अध्यक्ष गुरुङले बताउनु भएको छ । निर्वाचित अध्यक्ष गुरुङ साहारा युके फुटबल क्लबका चेयरमेन हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर गुरुङ साहारा क्लव युकेको सल्लाहाकार एवम चेरिटन नेपाली समाजको अध्यक्ष हुनुहुन्छ ।
बेलायतमा स्थापना भएको कोल्मा बहाकोट समाज अरु समाज भन्दा समाज सेवामा अग्रस्थानमा रहेको समाज हो । सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङ,सहारा युकेका पुर्व अध्यक्ष दिलीप गुरुङ एमबिई उपस्थिति रहेको सो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।
अन्त्यमा – नब निर्बाचित र पुन निर्बाचित सम्पूर्ण नेत्रित्वगण र कार्यसमितिलाई खबर यूके हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।