सन २०२० को चर्चित घटनाहरु

सन् २०२० मा कोरोनाभाइरस महामारी सबैभन्दा ठूलो समाचार थियो नै । यसको अलवा अरु थुप्रै त्यस्ता घटनाहरु भए जसले विश्व हल्लाएका थिए । कोरना सँगै यी घटनाहरु पनि सन २०२० को प्रमुख समाचार बने ।

घटना नम्बर १, अष्ट्रेलियाको डढेलो । अष्ट्रेलियाको ईतिहासमा हालसम्मको सबैभन्दा खराब आगोलागी थियो जसको कारण झन्डै १ अरबभन्दा बढी जनवरहरु डढेलोमा परेर मृत्‍यु भए । डढेलोले २ करोड ३२ लाख एकड क्षेत्रमा फैलिएको जङल नष्ट गरिदियो । बैज्ञानिकका अनुसार जलबायु परिवर्तनका कारण डढेलोको खतरा बढेको कुरा बताउनुभयो ।

घटना नम्बर २, अमेरिकामा जर्ज फ्ल्योयडको हत्या । नियन्त्रणमा लिएको बेला प्रहरीले नै ८ मिनटसम्म निर्मम घाटी थिचेर हत्या भएको भिडियो सार्वजनिक भएसँगै विश्वभर “ब्ल्याक लाइभ्स म्याटर” भन्ने आन्दोलन चर्क्यो । यस घटनाको कारण संसारभर रङ्गभेद बिरोधी प्रदर्शनहरु शुरु भए ।

घटना नम्बर ३, हङकङको प्रदर्शन । चीनले हङकङमा लागु हुने नयाँ सुरक्षा सम्बन्धी कानुन पारीत गरे लगत्तै उक्त कानुन बिरुध्द प्रहरीको सुरक्षा आदेशलाई अवज्ञा गर्दै प्रदर्शनकारीहरुले आन्दोलन जारी राखे । आलोचकहरुले उक्त कानुन “हङकङको अन्त्य” भन्ने संज्ञा दिएका छन । हङकङका अधिकारबादीहरुले स्वतन्त्रताको हनन भन्दै सन २०१९ देखी यो बिधेयकको बिरोध गर्दै आइरहेका छन ।

घटना नम्बर ४, अमेरिकी राष्ट्रपतिको चुनाब । अमेरिकाको राष्ट्रपती चुनावमा ईतिहासकै प्रतिस्पर्धी चुनाव सम्पन्न भयो । चुनाबी अभियान सुरुभए देखी नै कडा प्रतिस्पर्धामा देखिएका दुई उम्मेदवार बिच एक अर्कालाई आक्षेप र बिरोध गर्ने क्रम जारी रहे र मतगणना कार्य तनाबपूर्ण रहयो । बहालवाला राष्ट्रपती ट्रम्पले चुनाव हारे र नतीजालाई चुनौती दिइरहे । उनले “फर्जी मतदान” को आरोप लगाउदै मुध्दा दायर गरेका थिए तर सफल भएन । अप्रतक्ष्य हार स्विकार गरेका छन र निर्बाचित जो बाइडेनले राष्ट्रपतिको कार्यभार छिट्टै सम्हाल्नेछ । अमेरिकाको राष्ट्रपती चुनावमा सन १९०० देखी यताकै सबैभन्दा बढी मतदाताहरुले मतदान गरे ।

घटना नम्बर ५, लेबनानको राजधनी बेरुतमा भएको बिष्फोट । सन २०२० को अगष्ट महिनामा लेबनानको राजधनी बेरुतमा भएको भयनाक बिष्फोट यस बर्षको चर्चित घटना मध्ये एक बन्यो । २०० भन्दा बढी मनिसहरुको मृत्‍यु भएको उक्त बिष्फोटको प्रमुख कारण गोदाममा भन्डारण गरेर राखेको एमोनियम नाइट्रेड थियो । बिष्फोटको कारण तीन लाख भन्दा मनिसहरु घरबार बिहिन भए । बिज्ञाको अनुसार यो ईतिहासकै सबैभन्दा ठुलो गैरपर्माणु बिष्फोट मध्येकै एक थियो ।

घटना नम्बर ६, यूकेको राजकुमार ह्यारीले राज परिवारको जिम्मा परित्याग । सन २०२० मा राजकुमार ह्यारी र उनको पत्नी मेघनले राजपरिवारको जिम्मेवारी परित्याग गर्ने अश्चर्यजनक निर्णय गरे । राजपरिवारको जिम्मा पारित्याग गरेपछी उहाहरु अमेरिकामा बस्दै आइराख्नु भएको छ । यस घटनाको कारण धेरै जनालाई राजतन्त्रको भबिष्यमा के अर्थ राख्छ भनी सोच्न वाध्य तुल्याएको छ ।

स्रोत- बि.बि.सी नेपाली