टोकियो ओलम्पिक तोकेको समयमै हुने- जापानी प्रधानमन्त्री

एजेन्सी । कोभिड-१९ कारण एक बर्ष पछी सारीएको टोकियो ओलम्पिक र प्यारा ओलम्पिक- २०२० तय गरेकै समयमा हुने कुरा जापानी प्रधानमन्त्री योशिहिदे सुगाले बताएका छन् । पछिल्ला दिनमा जापानमा कोरोना केस बढ्दो छ र टोकियोमा दैनिक एक हजार संकमित रिपोर्ट गरिएको छ तर पनि उनले योजना अनुसार ओलम्पिक हुने बताए । टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुनेछ भने पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुनेछ ।

प्रधानमन्त्री सुगाले शुक्रबार नयाँ वर्षको अवसरमा बोल्दै कवरोना भाइरसलाई कन्ट्रोल गर्दै समरमा ओलम्पिक गर्नका लागि जापानी सरकारले जस्तोसुकै काम गर्न तयार रहेको बताए र ‘खेलहरू यस समरमा हुनेछन् र सुरक्षित र सुरक्षित हुनेछन् ।’ तर, टोकियोका गभर्नर युरिको कोइकेले संक्रमणको संख्या विष्फोट हुन सक्ने चेतावनी दिएका छन् । डिसेम्बर ३१ मा टोकियोमा १ हजार ३३७ संक्रमित रेकर्ड गरिएको थियो र शुक्रबार ७८३ नयाँ संक्रमित थपिए ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार यस महामारीका बेला जापानमा अहिलेसम्म २ लाख ३९ हजार ४१ कोरोनाभाइरसको केस देखिएको छ भने ३ हजार ३३७ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको फैलावटलाई रोक्नका लागि ओलम्पिकको लागत खर्च २.१ बिलियन पाउण्डले वृद्धि भएको छ तर आयोजकले यसलाई अस्वीकार गरे । राष्ट्रिय प्रसारक एनएचकेले गरेको एक सर्वेक्षणले देखाएको छ कि २०२१ मा खेल गर्नका लागि जापानिज सर्वसाधारण विरोध गरेका छन् । ओलम्पिक अझ ढिलाइ गर्न र इभेन्ट नै रद्द गर्न समर्थन गरेका छन् । टोकियो ओलम्पिक ओलम्पिकको इतिहासमै सबैभन्दा महंगो ग्रीष्मकालिन ओलम्पिक हुन सक्छ ।

प्रधानमन्त्री सुगाका अनुसार खेल अघि बढेमा यसले ‘विश्वव्यापी एकताको प्रतीक’ को रूपमा काम गर्न सक्दछ ।