शिर्ष स्थानको लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको अंक बराबरी

लण्डन । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई हराउदै लिगको शिर्ष स्थानमा रहेको लिभरपुलसग अंक बराबरी गरेको छ । गएराति म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको ४०औं मिनेटमा एन्टोनी मार्सियलले आरोन विन बिसाकाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा बर्ट्रान्ट ट्राणरले ज्याक ग्रेगलिसको पसामा एस्टन भिल्लाका लागि बराबरी गोल पर्काए ।

६१औं मिनेटमा ब्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेपछि युनाइटेडले फेरि अग्रता बनायो र त्यही अग्रता कायम राख्दै युनाइटेड २-१ ले विजयी भएको हो । जितपछि युनाइटेडले १६ खेलबाट लिभरपुलसँग समान ३-३ अंक जोडेको छ । गोलअन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमै कायम रहँदा युनाइटेड दोस्रो स्थानमा छ । १५ खेलबाट २६ अंक रहेको एस्टन भिल्ला छैटौं स्थानमा छ ।

उता चौथो स्थानको एभरटन वेष्टहमसँग १-० ले पराजित भएको छ । टोमस साउसेकले ८६औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा वेष्टहमले ३ अंक जोड्न सफल भएको हो । पराजित एभरटन १६ खेलबाट २९ अंकसहित चौथो स्थानमै यथावत छ । वेष्टहम १७ खेलबाट २६ अंक जोड्दै १०औं स्थानमा छ ।