बिबेकशील साझा यूरोप महादेशिय समितिले अङग्रेजी नयाँ बर्षको अबसर पारेर शुभकामना तथा परिचयत्मक जूम कार्यक्रम सम्पन्न

विकास दोङ;
जनवरी १ तारिख २०२१, शुक्रबार ।

विबेकशील साझा पार्टी सम्बद्ध युरोप महादेशीय समितिले अंग्रेजी बर्ष २०२१ को पावन अबसरमा जुम मार्फत शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको संयोजन युरोप महादेशीय समितिको संयोजक एस.के. श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण यूरोप महादेशीय समिति प्रबक्ता तथा डेनमार्क राष्ट्रिय समितिको संयोजक प्रभात किरणले गर्नु भएको थियो । यस कार्यक्रममा नेपालबाट विबेकशील साझा पार्टीको केन्द्रीय सचिवालय सदस्यहरु गेहेन्द्र दाहाल, अनिल भेटवाल, अनुपमान सैजु, निर्देश सिलवाल र समिक्षा बास्कोटा सहाभागी हुनुहुन्थ्यो । साथै केन्द्रिय सदस्यहरु सुरेश भट्ट, जगन्नाथ काफ्ले, जीवन ढकाल र अमृता थपलिया र केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश सांसद माननीय रमेश पौड्यालको उपस्थिति रहेको थियो । त्यसै गरि जेष्ठ नागरिक महासचिब चक्र प्रसाद न्यौपानेको पनि उपस्थित हुनु भएको थियो । प्रवासबाट विबेकशील साझा पार्टी सम्बद्ध विश्वभरिका बिभिन्न देशहरु- बेलायत, आयरल्याण्ड, फ्रान्स, पोल्याण्ड, स्पेन, स्विडेन, डेनमार्क, पोर्चुगल, रोमानिय, माल्टा, फिनल्याण्ड, युएई, कतार, कुवेत, साउदी अरबिया, दक्षिण कोरिया, जापान, मलेसिया, अमेरिका, भारत, अष्ट्रेलिया लगायतको राष्ट्रिय समितिको प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैठकमा बिभिन्न देशको प्रतिनिधिहरुले शुभकामनाको साथमा बितेको बर्ष २०२० साल जे जसरि बिते पनि आगामी २०२१ सालमा विबेकशील साझा पार्टी नेपाली जनताको प्यारो पार्टी बनाउनु पर्नेमा जोड दिनुभयो । त्यसको लागि पार्टीले आफ्नो स्पष्ट निती र ब्राण्ड लिएर जनतामा जानु पर्ने र बिबेकशील साझा पार्टीको मुल निती र योजना जनतालाई बुझाउनेतर्फ लाग्नुपर्नेमा पार्टीको केन्द्रिय नेतृत्वगणहरुको ध्यानाकर्षण गराउनुभयो । यसै क्रममा जेष्ठ नागरिकको तर्फबाट उपस्थित जेष्ठ नागरिक संगठनका महासचिब चक्र प्रसाद न्यौपानेले विबेकशील साझा पार्टी जस्तो नाम नेताहरु पनि त्यहि अनुसारको विवेकपूर्ण र सम्पूर्ण जनताको साझा व्यक्तिको रुपमा जनता माझ उपस्थित भई साच्चिकै बैकल्पिक बनेर देखाउन सुझाब दिनुभयो ।

कार्यक्रममा सहभागी सदस्यहरुले विश्वभरबाट यसरी उत्साहजनक तरिकाले विबेकशील साझा पार्टीसँग आबद्द प्रतिनिधिहरु र सदस्यहरु बिच भर्युल्ली भएपनि भेट हुन पाउदा र एक अर्काबिच परिचय तथा शुभकामाना आदान प्रदान गर्न पाउदा खुशी ब्यक्त गर्नुभएको थियो । साथै यस किसिमको कार्यक्रमले उपस्थिति सबैमा जोश आएको (उर्जा मिलेको) र आगामी दिनमा अझ सशक्त भएर जनतामाझ प्रस्तुत हुने वा हुनुपर्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रमको अन्तिममा विश्वभरिका प्रतिनिधिहरुको जिज्ञासालाई सम्बोधन गर्दै केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश संयोजक गेहेन्द्र दाहालले सम्पूर्ण मित्रहरुले ब्यक्त गर्नुभएको सल्लाह सुझाब ध्यानमा राख्दै आगामी बैठकहरुमा र पार्टीको नितीनियम निर्माणमा सक्ने र मिल्ने जत्ती समाबेश गर्ने प्रयास गर्नेछु भनी प्रतिबध्दता ब्यक्त गर्नुभयो र सबैलाई शुभकामना दिनुभयो । त्यस्तै गरी केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश संयोजक अनुपमान सैजुले नयाँ बर्षको रमाइलो माहोलको स्मरण गराउनु हुँदै “हामी सबै संगै मिलेर केहि गर्नु पर्छ जुन संभब पनि रहेको” भन्ने भाबको गीतको अंश गाउनु हुँदै सबैलाई रमाइलो गराउदै शुभकामना ब्यक्त गर्नुभयो ।

अन्त्यमा, यूरोप महादेशिय समिती संयोजक एस के श्रेष्ठले विश्वभरबाट सहभागी प्रतिनिधिहरु, राष्ट्रिय समयोजकहरु र उपस्ठित सम्पूर्ण सदस्य मित्रहरुलाई हार्दिक धन्यवाद तथा शुभकामना दिनुभयो । साथै ब्यस्तताको बाबजुत पनि कार्यक्रमलाई सहजीकरण गरिदिनु भएकोमा यूरोप महादेशिय समितिका प्रबक्ता तथा डेनमार्कको राष्ट्रिय समयोजक प्रभात किरण लाई बिशेष धन्यवाद दिनुभयो र अंग्रेजी नया बर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।