तमु धी यूकेको ल्होछार जूम कार्यक्रममा बेलायतको लागि नेपाली राजदुत डाक्टर दुबसुको गर्बिलो मन्तब्य
लण्डन । तमु ल्होछार वा ल्होसारको उपलक्ष्यमा तमु धी युकेको ११ औ कार्यभार हस्तान्तरण तथा ल्होछार कार्यक्रममा बेलायतको लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदीज्युले तमु धी यूके यूकेमा मात्रा नभएर परदेशमा रहेका नेपाली संस्थाहरुको लागि एउटा सुसन्स्क्रित, सुबिचार, आदर्शवान र उध्दाहरणीय संस्था भएको कुरा बताउनु भयो । महामहिम डाक्टर राजदुतज्युले तमुहरुको ल्होछार समग्र नेपालीहरुकै चाड वा पर्ब भएको र यस अबसरमा सम्मानानीय राष्ट्रपती महामहिम बिद्या देबी भण्डारी र सम्मानानीय प्रधानमन्त्री केपी ओली ज्युबाट शुभकामना ब्यक्त भएको कुरा जानकारी गराउनुभयो । नेपाली चाडपर्बहरु बिभिधतामा एकताको प्रतिक भएको र ल्होसार जस्तो राष्ट्रिय पर्बहरुले हाम्रो सन्स्कार, सन्स्क्रिती, शास्त्र र अस्तित्व जोगाउनमा मध्दत पुर्याउने कुरा बताउनुभयो । यस किसिमको चाडपर्बहरुलाई हामीले निरन्तरता दिनुपर्ने र यसले हाम्रो परम्परा, भेसभुषा, भाषा अनि समग्रमा अस्तित्व जीवन्त तुल्याउने कुरा बताउनुभयो । साथै यस्ता पर्बहरु मनाउनले हामी बिच सहिष्णुता, सहकार्य, सदभाब , बन्धुत्व र भात्रित्वको अभिब्रिध्दी गर्ने कुरा बताउनुभयो । बेलायतमा भएका थुप्रै संस्थाहरु मध्ये तमु धी यूकेले अवलम्बन गर्ने बिधी र सन्स्कार (बिशेष गरेर नेत्रित्व चयनको पध्दती) ज्यादै उत्कृष्ट, उध्दाहरणीय र अनुकरणीय रहेको कुरा बताउनुभयो । बेलायतमा नेपाली संस्थाहरुले गर्ने बिभिन्न कार्यक्रमहरु मध्ये तमु धी यूकेले आयोजना गर्ने नेपाली मेला र गोरखा कप कुनै जाती बिशेषको नभएर यूकेमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्न सकेको र नेपालीहरुको साझा कार्यक्रम भएको कुरा बताउनुभयो । यस किसिमको दुरदर्शी कार्यक्रमको आबाधारणा ल्याउने तमु ब्यक्तित्वहरुलाई धन्यवादका पात्र हुनुहुन्छ भन्नुभयो ।
कार्यकममा निबर्तमान अधक्ष्य नन्द जङ गुरुङले आफ्नो कार्यकालमा प्रतक्ष्य र परोक्ष्य रुपमा सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्ती र संस्थाहरुलाई आफ्नो ब्यक्तिगत र संस्थागत रुपमा धन्यवाद दिनुभयो र आगामी कार्यसमितिलाई शुभकामना दिनुभयो । त्यस्तै गरी औपचारिक रुपमा ११ औ कार्यभार सम्हाल्नुहुने हितकाजी गुरुङले जसरी बिगतका कार्यसमितिलाई सहयोग गर्नुभयो त्यसरी नै आगामी कार्यसमितीलाई पनि साथ र सहयोग हुनेमा आफु विश्वास्त रहेको र अनुरोध पनि गर्नुभयो । तमुधी यूकेको स्थापना काल देखी संस्थामा आफु सङ्लग्न रहेकोले संस्थाको उध्देश्य र संस्था कसरी अगाडि बढाउनु पर्दछ भन्ने थाहा र हेक्का भएको तर संस्थालाई अगाडी बढाउन र यसको उध्देश्य प्राप्ती गर्न सबैको साथ र सहयोग चाहिने कुरा बताउनु भयो र अपील गर्नुभयो ।
कार्यक्रममा एनआरएनए यूकेको अधक्ष्य श्रीमती पुनम गुरुङले एनआरएनए युकेमा आफु उपधक्ष्य हुँदा देखी हाल अधक्ष्यको पद सम्हाली राख्दा तमु धी यूकेले जुन किसिमको साथ र सहयोग दिइ राख्नु भएको छ त्यसको लागि हार्दिक धन्यवाद दिनुभयो । साथै आगामी दिनहरुमा पनि सोही किसिमको साथ र सहयोग दोहोरो रुपमा ब्यक्तिगत र संस्थागत रुपमा सहयोग आदन प्रदान हुने प्रतिबध्दता ब्यक्त गर्नुभयो । कार्यक्रममा तमु धी युकेको एकाइ अधक्ष्य तथा प्रतिनिधिज्युहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रम निबर्तमान महा सचिब तथा बर्तामान उपाध्यक्ष तुलाराम गुरुङले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा सपन कुमार राइ, मन्जु गुरुङ र ममता गुरुङले गुरुङ (तमु) तथा महामहिम डा दुर्गा बहादुर सुबेदीद्वार रचित गीत गाउनु भएर रमाइलो गराउनु भएको थियो ।