बेलायतले अक्सफोर्डद्वारा निर्मित एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन
बेलायतले अक्सफोर्डद्वारा निर्मित कोरोना भाईरस बिरुध्दको एस्ट्राजेनिक खोप प्रयोगको लागि अनुमोदन गरेको छ । मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सी (MHRA) ले यसलाई प्रयोगको लागि अनुमोदन गरिएको हो ।
क्सफोर्ड विश्वविद्यालयद्वारा विकसित AZD1222 वा ChAdOx1 nCoV-19 को कोडनाम नामक यो खोप ब्रिटिश-स्विडेनी विशाल फार्मास्यूटिकल कम्पनी एस्ट्राजेनेकले उत्पादन गर्दैछ । क्लिनिकल परीक्षणहरूले देखाए अनुसार यो खोप पनि लगभग फाइजर र बायोएन्टेकले उत्पादन गरेको खोप जत्तिक्कै (90%) सम्म प्रभावकारी रहेको र उक्त खोप सँग मिल्दो छ ।
स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले अक्सफोर्ड खोप जनवरी 4 देखि शुरू हुनेछ र यसले युकेमा खोप लगाउने कार्य “तीव्र” बनाउन मद्दत पुर्याउँछ । उनले भने: “खोप लगाउने कार्यलाई यसले तिव्र बनाउछ र यो एकदम राम्रो समाचार हो । यसले हाम्रो जीवनलाई सामान्य बनाउने दिनलाई अघि ल्याउँछ । “मँ आज बिहान यस अनुमोदनको साथ छु र विश्वस्त छु कि हामी वसन्त आगवै पर्याप्त मात्रमा कमजोर मानिसहरु खोप दिन्छौ । अब हामी यस महामारीबाट चाडै मुक्त हुने हुने बाटोमा रहेको कुरा बताउनुभयो ।