नवौं नेपाल लिटरेचर फेस्टिभल पोखराको सराङकोटमा सुरु

आईएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण सोमबार साँझदेखि सुरु भएको छ । मंगलबार विहान ९ बजेको उद्घाटन हुने उक्त फेस्टिभल १४ र १५ गरी दुई दिन चल्ने छ । शुभारम्भ साँझमा युवा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीले ‘गजल मेहफिल’ जमाए ।

कोरोनाका कारण आयोजक बुकवर्म फाउन्डेसनले यसपटको फेस्टिभल ‘भर्चुअल’ माध्यमद्वारा सुरु गरेको छ । फेस्टिवल मंगलबार र बुधबार सराङकोट माउन्टेन लजमा फेस्टिभल हुँदैछ ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४७ जना वक्ता छन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति रहने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट आईएमई नेपाल लिटरेचर फेस्टिभल सुरु गरिएको थियो ।