कोरोना बिरुध्दको पहिलो खोप लगाएकी मार्गरेट केननले आज दोस्रो मात्रा पनि लागाइन
फाइजर र बायोएनटेकद्वार उत्पादित कोरोना बिरुध्दको पहिलो खोप लगाएकी ९१ नब्बे बर्षिय मार्गरेट केननले आजा खोपको दोस्रो मात्रा (अन्शा) लगाएकी छिन् । बेलायतमा ८ डिसेम्बरबाट कोरोना बिरुध्द खोप लगाउन शुरु गरिएको थियो, यस अवधिमा बेलायतमा झन्डै पाँच लाख बिस हाजर जनाले कोभिड बिरुध्दको खोप लगाइसकेका छन अबको केही दिन भित्र झन्डै ३६ हाजर भन्दा बढी ८० बर्ष पुगेका ब्रिध्दहरुलाई उक्त खोप दिइने योजना छ । युनिभर्सिटी अस्पताल कोभेन्ट्री एण्ड वारविक्शायर एनएचएस ट्रस्टका प्रमुख कार्यकारी प्रोफेसर एन्डी हार्डीले श्रीमती केननले उनको इन्जेक्सन लिएकी थिइन् । उनले भनिन्: “मार्गरेट केननलाई आज खोपको दोस्रो डोज प्राप्त गर्नका लागि कभेन्ट्री विश्वविद्यालय अस्पतालमा स्वागत गर्न पाउँदा हामी खुसी भयौं । यसको क्लिनिकल अनुमोदन पछि फाइजर COVID-19 प्राप्त गर्ने विश्वको उनी पहिलो व्यक्ति थिइन ।
खोप कार्यक्रममा सहयोग गर्नुहुने हाम्रा मेहनती कर्मचारीहरू त्यस दिनदेखि मार्गरेटको परिवारसँग निरन्तर सम्पर्कमा छन । आस्पातलबाट छुट्टेपछी उनी घरमै बसेर स्वास्थ्य लाभ गरीरहेकी छिन् र मार्गरेटलाई खासै त्यस्तो समस्या देखेको छैन । प्रोफेसर एण्डी हार्डीले यस खोप कार्यक्रममा सबैले भाग लिनुपर्ने (लगाउनु पर्ने) र बिशेषज्ञाहरुबाट आवश्यक सल्लाह सुझाब पनि प्रदान गरीरहेको कुरा बताउनुभयो ।