कोरोना दोस्रो लहरको कारण बेलायतका आस्पतलहरु उच्च दबाबमा
लन्डन । नयाँ प्रकारको भाईरस र कोरोनाको दोस्रो लहरसँगै बेलायातको आस्पतलहरुमा बिरामीहरुको उच्च चाप हुनुको साथै उपचारमा वास्तबिक दबाब बढेको छ । कोविड बिरामीहरूको संख्या वृद्धि भएपछि उनीहरूले “वास्तविक दबाब” खेपेका छन् । लन्डनमा प्यारामेडिक्सले अहिले दिनमा 8००० कल-आउटहरू प्राप्त गर्दैछन, शनिवारलाई लन्डन एम्बुलेन्स सेवाको इतिहासमा सबैभन्दा व्यस्त दिन रहयो । अत्यधिक ब्यस्त भएपछी एम्बुलेन्स सेवाले गम्भीर बिरामी र आपतकालिन अवस्था भएमा मात्र मानिसहरूलाई ९९९ मा फोन गर्न आग्रह गरेका छन् । बेलायतमा आइतवार तीस हाजर पाँच सय एक जनालाई संक्रमण भएको र ३११६ जनाको मृत्यु भएका छन । यदी स्कटल्याण्डको सन्क्रमण र मृत्यु सन्ख्या जोडने हो भने वास्तविक तथ्यान्क उच्च हुनेछ किन भने क्रिसमस बिदाको कारण स्कटल्याण्डबाट कुनै तथ्यान्क प्राप्त भएको छैन ।
रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनका अध्यक्ष डा क्याथरिन हेन्डरसनको अनुसार क्रिसमसको दिन अस्पतालमा काम गर्ने उनको अनुभव एकदमै गार्हो भएको बताइन् । साथै उनले मानिसहरुको गैर कोभिड गतिबिधिका कारण यस किसिमको चाप बढेको हुनसक्ने र जाडो याममा झन गार्हो हुने अनुमान गरेकी छिन ।