नेपाली ब्राण्ड- नौसेनी स्लिपर फोर्ब्सको ६ उत्कृष्ट उपहार सूचिमा

नौसेनी स्लिपर

नेपाली डिजाइनले पछिल्लो समय विदेशमा समेत आकर्षण बढाउँदै लगेको छ । प्रतिष्ठत फोर्ब्स म्यागजिले नेपाली फेसन ब्रान्ड नौसेनीलाई संसारको उत्कृष्ट ६ उपहारको सूचिमा समेटेको छ । बेस्ट गिफट् ब्रेकफास्ट इन बेड शीर्षकमा फोब्र्सले लेखेको छ, ‘नौसेनीले सामाजिक चेतना र महिला उद्यमशिलता दुबै पक्षको भूमिका खेल्छ । नेपालको सांस्कृतिक धरोहर र अनौठो भूगोलबाट यो उत्पादन प्रभावित छ ।’

हिमाली भैंसीको छाला र शतप्रतिशत प्राकृतिक उनबाट निर्मित नौसेनी यसवर्षको फेस्टिभल सिजनमा दिन मिल्ने सबैभन्दा महत्वपूर्ण गिफ्ट हो । यो उत्पादन बेलायती डिजाइन हो र सबै नेपाली महिलाहरुले निर्माण गरेका हुन् । फोर्ब्सले संसारका ६ लक्जरियस उपहारको सूचि आउट गरेको हो । जसमा अमेरिकाको भर्भ कल्चर, मेक्सिकाको ओलिभियरी १८८२, पोर्टल्यान्ड इभान्जेलाइन लाइनेन्स, मध्यपूर्वको अर्गानिक बाँसबाट निर्मित डिजाइन समावेश गरेको छ ।