एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड कारोबाओ कपको सेमीफाइनलमा

लण्डन । एभर्टनलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेडले इंग्लिस नकआउट प्रतियोगिता लिग कारोबाओ कपको सेमिफाइनलमा पुगेको छ ।

खेलको अन्तिम ७ मिनेट संहालिन नसक्दा एभर्टन नियमित समयमा पराजित हुनुपर्‍यो । युनाइटेडका लागि ८८ औं मिनेटमा मात्र निर्णायक सफलता रह्यो । एन्थोनी मार्सलको पासमा इडिसन काभानीले गोल गरेका हुन् । इन्ज्यूरी समयको अन्तिम मिनेटमा मार्सलले नै युनाइटेडका लागि दोस्रो गोल गरे र टिमलाई सेमिफाइनल प्रवेश निश्चित गरे ।

जितपछि कप्तान ह्यारी मगायरले उनको टोली उपाधिहरु जित्ने प्रक्रियाको सुरुआत भएको बताएका छन् ।