अन्तत: गृहमन्त्री राम बहादुर थापा (बादल) ओली समुहमा

काठमाडौं, ९ पुष । केही दिन मौन बसेर अन्ततः नेकपामा केपी शर्मा ओली समूहलाई साथ दिनु भएका गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमाथि संगिन आरोप लगाउनु भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेकपा सचिवालय सदस्यसमेत रहेका थापाले दाहाल-नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित रहेको आरोप लगाउनु भएको छ । उहाँले दाहाल-नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको दावी गर्दै उहाँहरू दुश्मनको चङ्गुलमा फसेको समेत बताउनुभयो ।

गृहमन्त्री थापाले थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताउँदै ओलीलाई साथ दिनुको विकल्न नरहेको पनि प्रष्ट पार्नुभयो । संसदको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको जिकिर गर्दै उहाँले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नु नै मुख्य कर्म भएको प्रष्ट पार्नुभयो ।

बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ समेत दिलाउनु भएको थियो ।

स्रोत- news24nepal