नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० भन्दा बढी देशहरूले युकेबाट उडानहरू स्थगित
युकेमा फेला परेको नयाँ भाइरसको कारण नेपाल र भारत लगायत ४० भन्दा बढी देशहरूले यूकेबाट उडानहरू स्थगित गरिसकेका छन् । बेलायतको लागि अहिले स्थिती त्यती राम्रो भईरहेको छैन । लण्डन र वरपर तिब्र रुपमा बढीरहेको नयाँ भाईरसका कारण बेलायत सरकारली चाडबाडको समयमा पनि वाध्य भएरा उच्च जोखिमको टियर ४ को प्रतिबन्ध लगाउनु परेको छ । गत आइतबार डिसेम्बर २० तारिखबाट शुरू गर्दै नयाँ प्रजातिको भाईरासबाट बच्न र फैलिनबाट जोगाउन कडा प्रतिबन्ध लगाउन थालिएको हो । यस सँगै यो नयाँ भाईरस आयतबाट बच्न झन्डै 40 भन्दा बढी युरोप र अन्य देशहरुले बेलायतबाट हावाइ उडान स्थगित गरिएको छ । साथै बेलायतबाट हालसालै भित्रिएका यात्राुहरुलाई नि एकलबास (क्वारीनटाइनमा बस्न) अनुरोध गरेका छन ।
उडान स्थगित भएसगै बाहिरबाट क्रिसमसको बेला परिवारसँग भेटन आउने र जाने दुबै थरी यात्रुहारुलाई असर परेको छ । साथै क्रिसमस सके लगतै जाडो छल्न होलिडे जानेहरुलाई असर परेका छन ।