अमेरिकाले कोरोनाबिरुध्दको दोस्रो खोप मोर्डनालाई स्विक्रित
अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको अर्को खोपलाई आपतकालीन प्रयोगको स्वीकृति दिएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ ।
खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि परीक्षणका लागि अनुमति दिने समाचारमा जनाइएको छ । अमेरिकाले फाइजर बायोटेक ज्याब खोपको परीक्षण सुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् । अमेरिकामा पछिल्ला दिनहरुमा कोरानाको मृत्युदर उच्च रहेको बताइएको छ ।