बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की फिफा उत्कृष्ट खेलाडी २०२०

बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की बिहीबार फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । यसको होडमा उनले गत वर्षका विजेता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका थिए । यी तीनै प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ता पनि रहे ।

पोल्यान्डका कप्तान लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । आफ्नो सफलतामा खुसी उनले भनेका छन्, ‘म निकै खुसी र गर्व महसुस गरिरहेको छु । मेसी र रोनाल्डोलाई उछिनेर वर्षको उत्कृष्ट खेलाडी हुनुको खास अर्थ छ । यो दिन मेरा लागि विशेष रहनेछ ।’