वोल्भर ह्यम्पटनसँग चेल्सी हार्यो म्यान्चेस्टर सिटीले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको वेष्ट ब्रोमसँगको खेलमा सिटीले आफ्ना लागि र वेष्ट ब्रोमका लागि गोल गरेको हो ।

३० औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा इल्काइ गुण्डोगानले गोल गरेर सिटीलाई सुरुवाति अग्रता दिलाए । तर ४३ औँ मिनेटमा रुबेन डियाजले आत्मघाती गोल गरेपछि वेष्ट ब्रोमले खेलमा बराबरी गर्न सक्यो ।

त्यसपछि गोल हुन सकेन र सिटी बराबरीमा रोकिन बाध्य भयो । बराबरीपछि १२ खेलबाट २० अंक जोडेको सिटी छैटौँ स्थानमा पुगेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ब्रोमको १३ खेलबाट सात अंक छ ।

यस्तै मंगलबार राति नै भएको खेलमा वुल्भ्सले चेल्सीलाई २–१ ले पराजित गरेको छ । पाँचौँ स्थानको चेल्सीका लागि ४९ औँ मिनेटमा ओलिभर जिरउडले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए ।

तर त्यो जोगिन सकेन । वुल्भ्सका लागि ६६ औँ मिनेटमा पोडेन्से र इन्जुरी समयको पाँचाँै अर्थात ९५ औँ मिनेटमा नेटोले गोल गरे । पराजित भएको चेल्सीको १३ खेलबाट २२ अंक भएको छ । २० अंकसहित वुल्भ्स १० औँ स्थानमा उक्लिएको छ ।