राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भुगोल प्रथम

राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भुगोल प्रथम हुनुभएको छ । उहाँको कविता ‘नेपालको गीत’ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ले द्वितिय स्थान हासिल गरेको छ । सोलुखुम्वुका गणेश प्रसाद खतिवडाको ‘आमाको आदेश’ दोलखाका देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमका रेजिना आपगाईको ‘समृद्ध नेपालको सपना’ कविता तृतिय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितियलाई ४० हजार र तृतियलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ । ५ सय २ ओटा कविता मध्ये उत्कृष्ट ३० ओटा कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बूले बताउनु भयो ।

उहाँले कविता महोत्सवले साहित्य प्रतिको आकर्षण र महत्वलाई उजागर गर्ने भन्दै यस खाले कार्यक्रमले ओझेलमा परेका प्रतिभालाई प्रष्फुटन गर्न सहयोग पुर्याउने बताउनु भयो । उहाँले कला, साहित्य र संस्कृतिको विकासले अन्य क्षेत्रको विकासका लागि सहयोग पु¥याउने बताउनु भयो । मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताहरुको सङग्रहको विमोचन समेत गर्नुभयो । साथै विभिन्न कर्मचारीहरुलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञा सेवा पदक प्रदान गर्नुभयो ।

कविता प्रतियोगिताको निर्णायकमा डा होमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहनु भएको थियो । महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उदघाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेति, उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगतप्रसाद उपाध्यायले मन्तव्य राख्नु भएको थियो ।