गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्तीलाई

काठमाडौं, ३० मंसिर । राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेकोछ । फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो । उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए ।

३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पारी खेले ।

नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे । तीन टिम सहभागी प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । लामो समयदेखि क्रिकेट ठप्प रहेको कारण क्रिकेट चलायमान बनाउन प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।

स्रोत- News24Nepal