को हुन तमु धी यूकेको निर्बिरोध नयाँ अधक्ष्य- हितकाजी गुरुङ ?

ईन्द्र घोथाने ।

डिसेम्बर १३ तारिख २०२०, लण्डन ।

बेलायतमा तमुहरुको सबैभन्द ठुलो र पुरानो संस्था तमु धी यूकेको अधक्ष्यमा हितकाजी गुरुङ निर्बिरोध निर्बाचित हुनुभएको छ । प्रकृया अनुसार आज १३ डिसेम्बर २०२० सम्ममा संस्थाको अधक्ष्य पदको लागि अरु कुनै प्रतिस्पर्धीको दावेदारी वा उम्मेदवारी नपरेपछि उहा निर्बिरोध निर्बाचित हुनुभएको हो । यतिखेर उहालाई ब्यत्तिगत सन्देश र सामाजिक सन्जालहरुमा बधाई दिनेहरुको लर्को लागे त पनि तमु धी युकेमा उहाको सलग्न र त्याग बारे सायद कमैलाई थाहा होला । तमु धी युकेसँग उहाको सलग्न संस्थाको उमेर बराबर छ । तमु धी युके सन् 1999 मा अनऔपचारिक रुपमा स्थापना भएपनि सन् 2000 मा मात्र यस संस्थाको विधिवत अथवा औपचारिक रुपमा स्थापना भएको थियो । स्थापनाकाल देखि नै बिभिन्न पदमा रहनुभइ सेवा गर्नुभएका हितकाजी गुरुङ संस्थाको संस्थापक सचिब हुनुहुन्छ । स्थापनाको बेला उहा सचिब हुनुहुन्थ्यो भने त्यस लगतै उहा कोषाध्यक्ष, उपाध्यक्ष र बिचमा ८ बर्ष सल्लाहकार को रुपमा कार्यरत हुनुभइ केही न केही रुपमा संस्था र समाजलाई योगदान पुर्याइ रहनुभयो । पछिल्लो ४ कार्यकाल उहा उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै रोल क्रम अनुसार नै अध्यक्ष हुनु भएको हो । पुरानो घर पर्बत भई हाल अल्डरसट युके निवासी हितकाजी गुरुङ सरल तथा हाँसिलो स्वभाबको हुनुहुन्छ । तमु धी लगयात अन्य तमु संघ संस्थाहरु सँग पनि उहा सम्बन्धन हुनुहुन्छ र समाजमा आफ्नो सेवा निरन्तर दिइराख्नु भएको छ ।

बर्तमान परिस्थितिको कारण प्रतक्ष्य सभा वा समारोह गर्न नमिल्ने भएकोले तमु धी युकेको ११ औ अधिबेशन यही डिसेम्बर २० तारीख भर्चुल रुपमा गरिने योजना रहेको छ र त्यसै बैठकमा उहा लगायत अन्य कार्यसमितिको औपचारिक घोषणा गरिनेछ ।