नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान
नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तरराष्ट्रिय सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा कार्यरत छन् ।
बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो ।
हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालीममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुन् । नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालीमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेण्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालीममा पठाइन्छ । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए ।



