सगरम्याथाको उचाइ ८६ सेन्टीमिटरले बढ्यो

काठमाडौं । सरकारले सगरमाथाको नया उचाइ सार्वजनिक गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको सरकारले जनाएको छ । नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक नया उचाइ सार्वजनिक गरिएको हो ।

अबदेखि सगरमाथाको उचाइ ८८४८ मिटर ८६ सेन्टिमिटर पुगेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गर्नुभयो ।

अहिलेको सगरमाथाको उचाई यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आइएको छ ।

सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो । सगरमाथाको उँचाइ आफैंले मापन गर्न नेपाल सरकारले नै २०७५÷७६ देखि शुरुवात गरेको थियो ।

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो ।

चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।

स्रोत- Facebook